हेटौँडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो । From Wikipedia, the free encyclopedia
हेटौंडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो । From Wikipedia, the free encyclopedia
हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हो।[3] [4] यो नगर भौगोलिक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने)को पूर्वी छेउ चुरेपाहडी श्रृङखलासँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यहाँ हिन्दु, बौद्ध, मुसलमान, इसाई धर्मावलम्बीको बसोवास रहेको छ। नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरेको थियो। हेटौँडालाई उपमहानगरपालिका घोषित गर्दा यसमा वसामाडी गाविसलाई समावेश गरिएको थियो।
हेटौँडा उपमहानगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | मकवानपुर |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | मीनाकुमारी लामा (नेकपा (एकीकृत समाजवादी)) |
• उपप्रमुख | राजेश बानिया (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २६१.५९ किमी२ (१०१�०० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९३,५७६ |
• घनत्व | ७४०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हेटौँडा उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,९३,५७६ रहेको छ भने यहाँ ४६,५६६ घरधुरी रहेका छन्।[2]
महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौँडा भएको हो। हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित देवास राई जातिको पुजारी रहने भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ।
नेपाल सरकारले वि.सं. २०२६ वैशाखमा हेटौँडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो।
पूर्व: बकैया गाउँपालिका पश्चिमः मनहरी र राक्सिराङ्ग गाउँपालिका उत्तरः मकवानपुर गढी, भिमफेदी र कैलाश गाउँपालिका दक्षिणः पर्सा जिल्ला र बारा जिल्ला
हेटौँडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोरक्षेश्वर मन्दिर,कुसमाण्ड सरोवर, गुम्बा डाँडा, भैरव डाँडा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.