महेन्द्र वीरविक्रम शाह
शाहकालीन नेपाली राजा / From Wikipedia, the free encyclopedia
महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए।[4] उनले १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उनीसँग उनका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। राजा महेन्द्रले वि.सं. २०१८ सालमा नवलपरासीको उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए भने उनलेे वि.सं. २०२२ सालमा नवलपरासी जिल्लाको गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए।[5]
यहाँले, भारतको लागि नेपाली राजदूतको लागि, महेन्द्र विक्रम शाह हेर्नुहोस्।
छरितो तथ्यहरू महेन्द्र वीर विक्रम शाह देव, नेपालका राजा ...
महेन्द्र वीर विक्रम शाह देव | |||||
---|---|---|---|---|---|
नेपालका राजा | |||||
शासनकाल | वि.सं. २०११ चैत १ – वि.सं. २०२८ माघ १७[1] | ||||
राज्याभिषेक | वि.सं. २०१३ वैशाख २१ | ||||
पूर्वाधिकारी | राजा त्रिभुवन | ||||
उत्तराधिकारी | राजा वीरेन्द्र | ||||
जन्म | १९७७ जेठ ३० (१९२०-०६-११)११ जुन १९२० नारायणहिटी दरवार, काठमाडौँ, नेपाल | ||||
मृत्यु | वि.सं. २०२८ माघ १७ ३१ जनवरी १९७२(1972-01-31) (उमेर ५१) दियालो बङ्गला, भरतपुर, नेपाल[2] | ||||
जीवनसाथी | इन्द्र राज्यलक्ष्मी देवी शाह (वि.सं. १९९७ बैशाख २९[3] –२००७ भदौ १८, मृत्यू) रत्न राज्यलक्ष्मी देवी शाह (वि.सं. २००९ माघ २५–२०२८, मौसुफको मृत्यु) | ||||
सन्तान | शान्ति शाही शारदा शाह वीरेन्द्र वीर विक्रम शाह ज्ञानेन्द्र शाह शोभा शाही धिरेन्द्र शाह | ||||
| |||||
वंश | शाह वंश | ||||
वंश | नारायणहिटी दरवार | ||||
बाबु | त्रिभुवन वीर विक्रम शाह | ||||
आमा | कान्ति राज्यलक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दू |
बन्द गर्नुहोस्
महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दुबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दूरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ।[6][7]