राणा वंश
नेपाली chetriya शासक वंश / From Wikipedia, the free encyclopedia
राणा वंश नेपालको शासक वंश हो[1] जसले सन् १८४६ देखि १९५१ सम्म नेपाल अधिराज्यमा शाह वंशलाई नाममात्रको शासक बनाइ निरंकुश शासन जमायो ।[2][3] वि.सं. २००७ सालको क्रान्ति ले राणा शासनको अन्त्य गर्यो ।[4] यो वंश काजी बालनरसिंह कुँवरका छोरा जंगबहादुर राणाले स्थापित गरेका हुन् । थापा वंशका माथवरसिंह थापाको हत्या पश्चात कोत पर्व र भण्डरखाल पर्व मच्चाइ राणा वंशको उदय भयो । पछि यिनीहरूले कुँवरबाट राणा थर लेख्न थाले ।
राणा वंश गोरखा राज्यको भारदार कुँवर खलकको वंशज हुन्। [5] त्यतिबेलाको सत्तासीन थापा खलक (मुख्तियार भीमसेन थापा खानदान) सँग वैवाहिक सम्बन्ध जोडिएपछी देशको केन्द्रिय दरबारी राजनीतिमा कुँवर खलकले प्रवेश पाए। [6][7] राणाहरू अर्को भारदारी परिवार पाँडे खलक सँग पनि जोडिएका थिए। [7]