जङ्गबहादुर राणा
नेपालका प्रथम राणा प्रधानमन्त्री तथा तत्कालीन कास्की-लम्जुङका राजा / From Wikipedia, the free encyclopedia
महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई (जन्म बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४; जङ्गबहादुर राणाको रूपमा लोकप्रिय) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको कोतपर्व[2] र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।[3][4][5]
श्री ३ महाराज जङ्गबहादुर कुँवर राना | |
---|---|
नेपालको प्रधानमन्त्री | |
कार्यकाल वि.सं. १९०३ असोज २ – वि.सं. १९१३ साउन १७ गते | |
पूर्वाधिकारी | फत्तेजङ्ग शाह |
उतराधिकारी | बमबहादुर राणा |
नेपालको प्रधानमन्त्री | |
कार्यकाल वि.सं. १९१४ जेष्ठ ११ – वि.सं. १९३३ | |
पूर्वाधिकारी | बमबहादुर राणा |
उतराधिकारी | रणोद्दिप सिंह बहादुर राणा |
नेपालको प्रधान सेनापति | |
पूर्वाधिकारी | गगन सिंह भण्डारी |
उतराधिकारी | कृष्णबहादुर राणा |
व्यक्तिगत विवरण | |
जन्म | वीरनरसिंह कुँवर वि.सं. १८७४ असार 5 मथुरा बेशी, अर्घाखाँची, नेपाल[1] |
मृत्यु | वि.सं. १९३३ पत्थरघट्टा, रौतहट जिल्ला, नेपाल |
नागरिकता | नेपाली |
जीवन साथी | महारानी हिरण्यगर्भा देवी |
नाता | दाजु जङ्गबहादुर राणा |
सन्तान(हरू) | जगतजङ्ग राणा, जीतजङ्ग राणा, पद्मजङ्ग राणा |
अभिभावकs |
|
आफन्तहरू | हेर्नु होस कुँवर परिवार; हेर्नु होस थापा वंश; हेर्नु होस राणा वंश |
पेशा | प्रधानमन्त्री |
सैन्य सेवा | |
लडाई/युद्धहरू | तेश्रो नेपाल-भोट युद्ध |
वि.सं. १९१३ साउन १८ मा जङ्गबहादुरले मुख्तियार पदबाट राजिनामा दिएर श्रावन २४ गते राजा सुरेन्द्रबाट कास्की र लमजुङको श्री ३ महाराज पद प्राप्त गरेका थिए। महाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो।[6][7] श्री ३ महाराजको लागि श्रीपेच बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जङ्गबहादुर पहिलो व्यक्ति थिए।[8]
नेपालले अङ्ग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए।[9] वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ।[10] नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्। बेलायती शासकहरूका प्रिय रहेका[11] जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। बेलायत र फ्रान्सको भ्रमणबाट फर्केपछि उनले नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए।[12]