राई जाति
किरात राई भुमिपुत्र मुलबासी मंगोल समुदाय / From Wikipedia, the free encyclopedia
राई जाति पुर्वी नेपालको मुलबासी धेरै पुरानो एक किराँत समुदाय भित्र पर्ने जाति हो। यिनिहरूको पुर्खालाई परुहाङ र सुम्निमा भनिन्छ। राई जाति नेपाल को एक भुमिपुत्र मुलबासी प्रमुख समुदाय हो। राई जातिलाई "खम्बु","जिमिदार" वा "जिमी" पनि भनिन्छ । राई जाति विभिन्न थर/उपथर र पाछाहरुमा विभाजन छन् राई जातिको मुख्य थरहरुमा : आठपहरिया,बान्तवा,बाहिङ,बायुङ, चाम्लिङ,छिलिङ,जेरुङ,कुलुङ,खालिङ,थुलुङ,लोहोरुङ, याम्फु, मेवाहाङ,नेवाहाङ, नाछिरिङ,वाम्बुले,दुमी,साम्पाङ,कोयु,पुमा,तिलुङ,लुङखिम,फाङदुवाली,दुङमाली,देवास,मुगाली आदि हुन्।
छरितो तथ्यहरू जम्मा जनसङ्ख्या, सिक्किम ...
जम्मा जनसङ्ख्या | |
---|---|
६,९०,९८९ (वि.सं २०६८)[1][2] | |
३,२७,९५४ | |
पश्चिम बङ्गाल दार्जिलिङ र कालिम्पोङ जिल्ला | २,५०,००० (वि.सं २०६८)[3] |
सिक्किम | ७७,९५४ (वि.सं २०५८)[4] |
भाषाहरू | |
राई भाषा किराँत भाषा र नेपाली भाषा | |
धर्महरू | |
किराँत धर्म हिन्दु धर्म ईसाई धर्म |
बन्द गर्नुहोस्