From Wikipedia, the free encyclopedia
राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष हुन्।[6][7]
राष्ट्रिय जनमोर्चा राष्ट्रिय जनमोर्चा | |
---|---|
सभापति | चित्रबहादुर केसी[1] |
उपाध्यक्ष | जनक भट्ट दुर्गा पौडेल |
महासचिव | मनोज भट्ट |
सचिव | हिमलाल पुरी |
कोषाध्यक्ष | मधु क्षेत्री |
स्थापना | वि.सं २०५६ (वास्तविक) वि.सं २०६२ (पुन:स्थापित) |
टुक्रिएको | जनमोर्चा नेपाल |
प्रमुख कार्यालय | बुढानिलकण्ठ, कपन, काठमाडौँ |
विद्यार्थी सङ्गठन | अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन |
युवा सङ्गठन | अखिल नेपाल प्रजातान्त्रिक युवा सङ्गठन |
महिला सङ्गठन | अखिल नेपाल महिला सङ्गठन |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद सङ्घीयता विरोधी[2][3] |
राजनीतिक स्थान | वामपन्थी |
राष्ट्रिय सम्बद्धता | नेपाल कम्युनिष्ट पार्टी (मसाल) |
आवद्धता | प्रजातान्त्रिक वाम गठबन्धन[4][5] |
राष्ट्रिय सभामा सिट | १ / ५९ |
प्रतिनिधि सभामा सिट | १ / २७५ |
प्रदेश सभामा सिट | २ / ६० (गण्डकी प्रदेश)१ / ८७ (लुम्बिनी प्रदेश) |
अध्यक्ष/प्रमुख | ४ / ७५३ |
अध्यक्ष/प्रमुख | १५९ / ३५,०११ |
निर्वाचन चिह्न | |
वि.सं २०६२ मा, जनमोर्चा नेपालबाट अलग्गिएर एर पुनः स्थापना भएको यो पार्टी मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को कानुनी मोर्चाको रूपमा रहेको थियो।[8] यो पार्टी मुख्यतया बाग्लुङ र प्युठान जिल्लामा एक सशक्त राजनीतिक शक्तिको रूपमा रहेको छ।
पार्टीले पूर्वएकात्मक प्रणालीभित्र विकेन्द्रीकरणको वकालत गर्दछ।[9] यो सङ्घीयता विरोधी पार्टी समेत हो।
वि.सं २०४७ को स्थानीय निर्वाचनमा यस पार्टीले अखिल नेपाल किसान सङ्गठनको रूपमा र आम निर्वाचन २०४८मा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको रूपमा चुनाव लडेको थियो।[10]
वि.सं २०५८ मा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)को वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालसँग एकीकरण भई जनमोर्चा नेपाल गठन भएको थियो। जनमोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल)को वैधानिक मोर्चाको रूपमा काम गरेको थियो। नेपालको जनआन्दोलन २०६३मा जनमोर्चा नेपाल सात दलीय गठबन्धनमा सामेल भएपछि चित्रबहादुर केसीले पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको नाम फिर्ता लिएका थिए। यस पार्टीले नेपालको अन्तरिम व्यवस्थापिका संसद्मा तीन सिट प्राप्त गरेको थियो। [8]
२०६४ सालको संविधान सभाको निर्वाचनअघि यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो।[11] यस पार्टीले चुनावमा चार सिट जितेको थियो।[8]
वि.सं २०६६ पार्टीको अनुशासन तोडेको भन्दै महासचिव डिलाराम आचार्यलाई पार्टीबाट निष्कासित गरिएको थियो। निष्कासनपछि उनले अर्को पार्टी राष्ट्रिय जनमोर्चा (नेपाल) गठन गरेका थिए। संविधान सभा निर्वाचन, २०७०मा पार्टीले तीन सिट जितेको थियो।[8]
नेपालको संविधान जारी भएपछि राष्ट्रिय जनमोर्चा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को साथ संयुक्त सरकारमा सामेल भएको थियो। प्रतिपक्षमा नरहेको यो पहिलो पटक थियो।[12] यसपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका थिए।[13][6]
यस पार्टीले स्थानीय तह निर्वाचन, २०७४मा भाग लिएको थियो र स्थानीय सरकारमा १८६ सिट जितेको थियो। बाग्लुङको बरेङ गाउँपालिका, प्युठानको झिमरुक र मालारानी गाउँपालिकाको अध्यक्षमा यसले विजय हासिल गरेको थियो।[14][15][16] प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७४ अघि, यो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनमा सामेल भएको थियो।[17] यस पार्टीले नेपालको सङ्घीय संसदमा एक सिट जितेको थियो तर राष्ट्रिय पार्टी बन्नका लागि तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेन। पार्टीले गण्डकी प्रदेशको प्रदेश सभामा तीन र लुम्बिनी प्रदेशको प्रदेश सभामा एक सिट जितेको थियो।[18]
वि.सं २०७७ को राजनीतिक सङ्कटपछि राष्ट्रिय जनमोर्चा नेपाली काङ्ग्रेसनेतृत्वको गठबन्धनको समर्थनमा उभिएको थियो। यसले गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा ठूलो भूमिका खेलेको थियो।[19] यसले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय सरकारलाई बाह्य समर्थन र विश्वासको मत दिएको थियो। पार्टीलाई राष्ट्रिय सभामा एक सिट दिइएको थियो जसको माध्यमबाट यसले तुलप्रसाद विकलाई पार्टीबाट पहिलो राष्ट्रिय सभाको सदस्यको रूपमा निर्वाचित बनाउन सफल भएको थियो।[20]
निर्वाचन | नेता | प्रत्यक्ष मत | समानुपातिक मत | सिट | स्थान | गठित सरकार | |||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
क्र.सं | % | % परिवर्तन | क्र.सं | % | % परिवर्तन | क्र.सं | +/- | ||||
आम निर्वाचन २०५६ | चित्रबहादुर केसी | १,२१,३९४ | १.४१ | ५ / २०५ |
पाँचौँ | प्रतिपक्ष | |||||
संविधान सभा निर्वाचन, २०६४ | चित्रबहादुर केसी | ९३,५७८ | ०.९१ | ०.५० | १,०६,२२४ | ०.९९ | ४ / ५७५ |
१ | बाह्रौँ | प्रतिपक्ष | |
संविधान सभा निर्वाचन, २०७० | चित्रबहादुर केसी | ६६,६६६ | ०.७४ | ०.१७ | ९२,३८७ | ०.९८ | ०.०१ | ३ / ५७५ |
१ | बाह्रौँ | प्रतिपक्ष |
प्रतिनिधि सभा निर्वाचन, २०७४ | चित्रबहादुर केसी | ७०,०१४ | ०.७० | ०.०४ | ६२,१३३ | ०.६५[lower-alpha 1] | ०.३३ | १ / २७५ |
२ | दसौँ | प्रतिपक्ष |
प्रतिनिधि सभा निर्वाचन, २०७९ | चित्रबहादुर केसी | ४६,५०४ | ०.४४[lower-alpha 1] | ०.२१ | १ / २७५ |
बाह्रौँ | प्रतिपक्ष |
वर्ष | मत | सिट | स्थान | गठित सरकार | |||
---|---|---|---|---|---|---|---|
# | % | % परिवर्तन | # | +/- | |||
प्रदेश सभा निर्वाचन, २०७४ | १९,३७६ | २.०३ | ३ / ६० |
चौथो | प्रतिपक्ष | ||
प्रदेश सभा निर्वाचन, २०७९ | १४,९४० | १.५२ | ०.५१ | ० / ६० |
३ | सातौँ | अतिरिक्त-संसदीय |
निर्वाचन वर्ष | मत | सिट | स्थान | गठित सरकार | |||
---|---|---|---|---|---|---|---|
# | % | % परिवर्तन | # | +/- | |||
प्रदेश सभा निर्वाचन, २०७४ | ३२,५४६ | २.०२ | १ / ८७ |
छैटौँ | प्रतिपक्ष | ||
प्रदेश सभा निर्वाचन, २०७९ | ३२,६४७ | १.७३ | ०.२९ | १ / ८७ |
दसौँ |
प्रतिनिधि सभा सदस्य
क्र.सं | नाम | निर्वाचन क्षेत्र | नियुक्त मिति |
---|---|---|---|
१ | चित्रबहादुर केसी | बाग्लुङ १ | २०७९ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.