मधेश प्रदेश सभा
From Wikipedia, the free encyclopedia
Remove ads
मधेश प्रदेश सभा मधेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक मधेश प्रदेशको प्रादेशिक राजधानी धनुषा जिल्लाको जनकपुरमा रहेको छ[३]। मधेश प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् जसध्ये ६४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ४३ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।[४]
Remove ads
इतिहास
नेपालको संविधान बमोजिम वि.सं. २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभाको पहिलो निर्वाचन वि.सं. २०७४ मा भएको थियो। निर्वाचनमा जनता समाजवादी पार्टीले बहुमत प्राप्त गरेको थियो। मधेश प्रदेश सभाको उद्घाटन वि.सं. २०७४ फागुन १ गते भएको थियो। तत्कालिन राजपाबाट सरोज कुमार यादव[५] पहिलो सभामुख बनेका थिए भने राजपाको समर्थनमा तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालबाट लालबाबु राउत मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।
यस प्रदेशलाई पहिले प्रदेश नम्बर २ भनेर चिनिन्थ्यो र जनकपुरलाई प्रदेशको अस्थायी राजधानीको रूपमा कायम गरिएको थियो। वि.सं. २०७८ माघ ३ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश र जनकपुरलाई स्थायी राजधानी तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो।[५]
Remove ads
सभाहरूको सूची
Remove ads
राजनीतिक दलहरू
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads