नेपालका गाउँपालिकाहरू
From Wikipedia, the free encyclopedia
नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यवस्था गरेको छ ।[1]
गाउँपालिका गाउँ विकास समितिलाई विस्तार गरेर बनाइएको नयाँ प्रशासनिक एकाई हो ।[2] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[3][4][5] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[6] स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा हाल स्थानीय तहको कुल सङ्ख्या ७ सय ५३ पुगेको छ (६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका[7] र ४६० गाउँपालिका) ।[8][9] साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६० कायम गरिएको छ।[10][11]