काठमाडौँ जिल्ला
नेपालको राजधानी जिल्ला हो । / From Wikipedia, the free encyclopedia
काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिममा धादिङ र नुवाकोट, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला पर्दछन् ।
काठमाडौँ जिल्ला Kathmandu | |
---|---|
देश | नेपाल |
प्रदेश | मध्यमाञ्चल विकास क्षेत्र |
अवस्थिति | पहाड |
नगरपालिका | १ महानगरपालिका सँगै १० नगरपालिका |
सदरमुकाम | काठमाडौँ |
क्षेत्रफल | |
• जम्मा | ३९५ किमी२ (१५३ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,७४४,२४० |
• घनत्व | ४४००/किमी२ (११०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मुख्य भाषाहरू | |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोला र बागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।